कपुरकोटमा सांस्कृतिक कार्यक्रमसहित राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता हुने

Posted on: 05 Mar, 2019

फागुन २१, सल्यान । सल्यानको कपुरकोटमा पहिलो पटक हुन लागेको गाउँपालिका स्तरिय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको तयारि अन्तीम चरणमा पुगेको छ । प्रतियोगिता सञ्चालनका लागी गठन भएको समितीका संयोजक द्रोण केसीले विविध सांस्कृतीक कार्यक्रमका साथ यहि फागुन २५ गते देखि २७ गते सम्म १५ वटा खेलहरु सञ्चालन हुने जानकारि गराए । जसमा ८२ वटा स्वर्ण पदक, ७४ वटा रजत पदक र ७४ वटा कास्य पदक रहेका छन् ।


संयोजक केसीले भने, ‘कपुरकोट स्थीत रीमको खाली बजारमा रहेको खेल मैदानमा राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुन लागेको छ । यसको तयारि अन्तीम चरणमा पुगीसकेको छ ।’ प्रतियोगीतामा कपुरकोट गाउँपालिकाभिर रहेका पाँच वटा माध्यामिक विद्यालयले भाग लिने प्रतियोगिता सञ्चालन समितीका सदस्य तथा शिक्षा शाखा प्रमुख कृष्ण भण्डारीले जनाएका छन् ।

विभिन्न विद्यालयका छात्रछात्रा र अन्य कलाकारहरुको सांस्कृतीक प्रस्तुती सहित हुने ाष्ट्रिपति रनिङ शिल्ड प्रतियोगितामा उपस्थीतीका लागी समितीले शिक्षक, विद्यार्थी, अभिभावक लगाएत सम्पूर्ण गाउँपासिलकावासिमा अनुरोध गरेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!