कञ्चनपुरमा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु

Posted on: 26 Mar, 2019

चैत १२, कञ्चनपुर | ट्र्याक्टरले ठक्कर दिँदा आज एक बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका सात वर्षीय हरिश धामी छन् । विद्यालय जाने क्रममा से १ त ५०८७ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो । ट्र्याक्टर चालक ३८ वर्षीय आनसिंह धामी मृतक बालकका ठूलोबुबा रहेको उहाँले बताउनुभयो । 

ट्र्याक्टर आउँदै गर्दा बालक अगाडि परेपछि ठक्कर लागेको बुझिएको छ । ट्र्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालकको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल भीमदत्तनगरमा राखिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!