भरतपुरमा एक हप्ता लोडसेडीङ हुने

Posted on: 26 Apr, 2019

वैशाख १३, रत्ननगर (रासस) | भरतपुर सबस्टेशनमा रहेका ‘फिडर’ मा दैनिक चारदेखि पाँच घण्टासम्म विद्युत्भार कटौती हुने भएको छ । शुक्रबारदेखि सो सबस्टेशनका १५ एमभिएका ट्रान्सफर्मर हटाएर ३० एमभिएका ट्रान्सफर्मर राख्ने काम शुरु गरिएकाले दैनिक तीन पटकसम्म गरी पाँच घण्टा विद्युत्भार कटौती गरिने विद्युत् प्राधिकरण कार्यालयका प्रमुख सुरेशकुमार महतोले जानकारी दिनुभयो ।

“एक हप्तासम्म १५ एमभिए ट्रान्सफरमर परिवर्तन गरी सक्छौ”, उहाँले भन्नुभयो, “यो काम सकेपछि २२ एमभिएका ट्रान्सफर्मर पनि परिवर्तन गर्ने र ३७ एमभिए क्षमतालाई ६० पुर्याउछौ ।” बढ्दो शहरीकरणसँगै अत्यधिक विद्युत्को माग र ट्रान्सफरमरले लोड नधानेपछि क्षमता वृद्धि गर्नु परेको उहाँले जानकारी दिनुभयो । 

प्रमुख महतोले यो समयमा माडी, चनौली, गीतानगर, रामपुर फिडरमा जोडिएका ग्राहकको विद्युत आपुर्ती बन्द नहुने बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!