दाङका व्यवसायी तीर्थ आचार्यकाे कार दुर्घटनामा मृत्यु

Posted on: 03 May, 2019

 बैशाख २०, दाङ । दाङका व्यवसायी तीर्थ आचार्यको कार दुर्घटनामा परेर मृत्यु भएकाे छ । दाङबाट चन्द्रौटातर्फ जाँदै गरेको बा १४ च ८४४५ नम्बरको कार कपिलवस्तुकाे शिवराज नगरपालिका-१ मामा खोलामा खसेर घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ४० वर्षीय तीर्थ आचार्यको ज्यान गएको इलाका प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

कार अनियन्त्रित हुँदा सडकदेखि झण्डै तीन सय मिटर तल खसेकाे प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा कारमा सवार लमही-८ सतबरीया निवासी २७ वर्षीय अनिलकुमार चौधरी गम्भीर घाइते भएको र उनलाई उपचारको लागि बुटवल लगिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!