गुडिरहेको कारभित्रै १९ वर्षीय युवती बलात्कृत

Posted on: 04 May, 2019

बैशाख २१, काठमाडौं । भारत हिमाचल प्रदेशको सिमलामा एक १९ वर्षे युवती गुडिरहेको कारभित्र बलात्कृत भएकी छन् । प्रहरीका अनुसार युवती स्वयम्ले हेल्पलाईनमार्फत् आफूलाई जबरजस्ती कारभित्र तानेर बलात्कार गरिएको उजुरी दिएकी छन् ।

घटना आइतबारको हो । उनी सिमला मल रोडनजिक पैदल हिँडिरहेकी थिइन् । त्यत्तिकैमा एउटा कार उनको नजिक आएर रोकियो । उनलाई जबरजस्ती कारभित्र तानियो र गुडिरहेको कारमा बलात्कार गरिएको प्रहरीले जनाएको छ । एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!