१३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ८३ वर्षीय वृद्द पक्राउ

Posted on: 04 May, 2019

बैशाख २१, कैलाली । कैलालीमा १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ८३ वर्षीय वृद्द पक्राउ परेका छन् । 

गत आईतवार साँझ जिल्लाको घोडाघोडी नगरपालिका–१२ शिवपुरका ८३  वर्षीय छोटेलाल डगौराले स्थानिय १३ बर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ ।

डगौरालाई कैलालीको ईलाका प्रहरी कार्यालय सुखडाको प्रहरी टोलीले पक्राउ गरेको बताइएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!