महोत्तरीको एउटै वडामा आठ कुष्ठरोगी

Posted on: 15 May, 2019

जेठ १, गौशाला । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकाको एउटै वडामा आठ कुष्ठरोगी फेला परेका छन् । गाउँपालिकाका स्वास्थ्य सहसंयोजक सरोजकुमार झाले वडा नं ५ मा आठ कुष्ठरोगी फेला परेको जानकारी दिनुभयो । 

उहाँका अनुसार सो वडामा रहेको एउटा दलित बस्तीमा आठ कुष्ठरोगी फेला परेका छन् । तीस हजारभन्दा बढी जनसङ्ख्या रहेको सो गाउँपालिकामा कुष्ठरोगी पत्ता लगाउने अभियान तीव्ररुपमा चलाइएको छ ।  रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!