वडा कार्यालयमा शंकास्पद बस्तु फेला, बम डिस्पोजल टोली जाँदै

Posted on: 29 May, 2019

सम्राट सिंह | जेठ १५, बझाङ | जिल्लाको बुंगल नगरपालिका वडा नम्बर ७ मा शंकास्पद बस्तु फेला परेको छ । बुधबार बिहान वडा कार्यालयमा खतरा भनेर लेखिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको हो ।

वडा कार्यालयमा शंकास्पद बस्तु राखिएको जानकारी प्राप्त भएको छ बझाङका सिडिओ शुरेश सुनारले भने शंकास्पद बस्तु फेला परेको जानकारी आएपछि सो स्थानतिर नेपाली सेनाको बम डिस्पोजल टोली पठाएको छ ।

सदरमुकाम चैनपुरबाट सवारी साधनमा बुंगल नगरपालिका वडा नम्बर ७ मा पूग्न झण्डै ४ घण्टा लाग्छ । २ साता अगाडि मात्र बझाङको छविस पाथिभेरा गाउँपालिका को कार्यालयमा राखिएको बम नेपाली सेनाले डिस्पोजल गरेको थियो । 

- प्रतीकात्मक तश्वीर

यस बिषयमा तपाइको प्रतिक्रिया...!