भुकम्प प्रतिरोधी घर निर्माण तालिम तत्काल सुरु गर्ने

Posted on: 22 Jan, 2016

Earthquake-secure-homeप्रज्वल पौडेल - माघ ८, रामेछाप । मेडियर नामक दातृ संस्थाको आर्थिक सहयोगमा सामुदायिक विकास समाज रामेछापले रामेछापका ३ गाविसमा तत्कालै जनचेतना र भुकम्प प्रतिरोधी घर निर्माण तालिम सुरु गर्ने भएको छ । मेडियरका पुनर्निमाण अधिकृत इञ्जिनीयर किरण कुइँकेल र सञ्चार अधिकृत प्रसुन सिंहले सहभागितामूलक सुरक्षित आवास कार्यक्रम (पासा) सुरु गर्ने जानकारी दिए ।

इञ्जिनीयर कुइँकेलका अनुसार मेडियरले रामेछापका हिमगंगा, बिजुलीकोट र साँघुटार गाविसबासीलाई ५ दिने चेतनामूलक तालिम दिईने छ । उनले भने– “हरेक वडाका ३ जना मिस्त्रीलाई सुरक्षित घर निर्माण तालिम दिने योजना बनाएका छौ । ” स्थानीय स्रोत साधनबाट सजिलै बनाउन सकिने भुकम्प प्रतिरोधी घर परम्परागत घरभन्दा धेरै गुणा बलियो हुने कुइँकेलको भनाइ छ । सामुदायिक विकास समाज रामेछापका प्रमुख मिलन घिसिङले प्राविधिक सल्लाह बिना घर नबनाउन आग्रह गरेका छन्

यसैविच स्वीस अन्तराष्ट्रिय गैर सरकारी संस्था मेडेएयरको आर्थिक सहयोग तथा संस्थागत विकास सञ्जाल ललितपुरसँगको साझेदारितामा सामुदायिक विकास समाज मन्थलीले नेपाल सेल्टर रिकभर यान्ड रिकन्सट्रक्सन रेस्पोन्स कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यक्रम संचालनका लागी मेडियरको १४ लाख ९१ हजार र सामुदायिक विकास समाजको २४ लाख ९१ हजार गरी कूल ३९ लाख १९ हजार बराबरको रकम खर्च हुने बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!