कैलालीमा शव फेला, श्रीमान-श्रीमती मिलेर हत्या गरेको आशंका

Posted on: 10 Jul, 2019

 असार २५, कैलाली | कैलालीको  चुरे गाउँपालिकामा श्रीमान/श्रीमती मिलेर एकजनाको हत्या गरेका छन् | ज्याला मजदुरी गर्दै आएका गुल्मीका कमल कुँवरको  हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको हो | 

असार २२ गते देखि हराएका कुँवर डेरामा नआएपछि स्थानियले खोजी गरिरहेका थिए | उनको हत्याको आशंकामा स्थानियले प्रहरीलाई जानकारी गराएको हो | गत असार २२ गते श्रीमान/श्रीमती मिलेर हत्या गरि सिमसेला खोला नजिकै खाडल खनेर गाडेको अवस्थामा प्रहरीले शव फेला पारेको जनाएको छ। 

उनको हत्या गरेको आरोपमा सोही ठाउँका लाल बहादुर लामा र उनकी श्रीमती कल्पना लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कल्पनाका पूर्व प्रेमी रहेका कुँवरको हत्या गरि खोला किनारमा गाडेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।  प्रहरीले मृतकको शवलाई पोष्टमार्टमको लागि सेती अञ्चल अस्पताल धनगढीमा राखेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!