प्रधानमन्त्री लज्जित, मन्त्रीहरु पन्छिए

Posted on: 12 Jul, 2019

असार २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरण्मा भारतीय दूतावासको पत्रबारे मन्त्रालयहरुबाट बेलैमा जानकारी नगराइँदा आफू जनतासामू लज्जित हुनुपरेको बताएका छन् । 

त्यसबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुपर्ने जिम्मेवार मन्त्रीहरु भने एकअर्कालाई आरोपित गर्दै पन्छिन खोजेका छन् । 

राजधानीमा बिहीबार आयोजित ‘संविधान कार्यान्वयन र प्रशासनिक पुनःसंरचना’ विषयक अन्तर्क्रियामा ओलीले आफूलाई गुमराहमा राख्नेमाथि कारबाही गर्ने जनाए ।

उनले भारतबाट आउने तरकारी र फलफूलको विषादी सीमा नाकामा परीक्षण नगर्न भारतीय दूतावासले लेखेको पत्रबारे आफूलाई जानकारी नगराउनेहरुको खोजी गरिने बताए ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!