बैतडीमा मदिरा बिक्री बितरणको लाइसेन्स गाउँपालिकामा बुझाए १ लाख २० हजार पुरस्कार

Posted on: 25 Jul, 2019

कृष्ण बिष्ट | साउन ९, बैतडी |  जिल्लाको दोगडाकेदार गाउपालिकाले मदिरा ब्यापारको लागि लिएको लाइसेन्स गाउपालिकामा बुझाए १ लाख २० हजार दिने घोषणा गरेको छ । मदिर बिक्री बितरण तथा सेवनले समाजमा हिंसाका घटना बढेको भन्दै गाउपालिकाले यस्तो निर्णय गरेको हो ।

मदिरा बिक्री बितरणको इजाजत पत्र (लाइसेन्स) गाउपालिकामा बुझाएपछि १ लाख गाउपालिकाको तर्फबाट र उपाध्यक्षको तर्फबाट थप २० हजार दिने गाउपालिकाले जनाएको छ । 

मदिरा बिक्री बितरणको सट्टा अन्य ब्यावसाय गर्न प्रोत्सहान गर्ने हेतुले गाउपालिकाले यस्तो निर्णय गरेको गाउपालिका अध्यक्ष चक्र कार्कीले जानकारी दिनुभयो । महिला हिंसाको मुख्य कारण मदिरा बिक्री बितरण तथा सेवन नै भएकाले गाउपालिकाले १ लाख दिने र आफुले २० हजार पुरुस्कार स्वरुप प्रदान गर्ने उपाध्यक्ष पार्वति कार्कीले बताउनुभयो ।  

आर्थिक बर्ष २०७५-०७६ को सार्बजनिक सुनुवाई कार्यक्रममा बोल्दै गाउपालिका उपाध्यक्ष कार्कीले पछिल्लो समयमा मदिराको कारणले गर्दा समाजमा बिकृति बिसङगती बढ्दै गएपछि गाउपालिकाले यस्तो निर्णय गरेकोे बताए । 

मदिरा निषेध गर्न ठुलो चुनौती भएपनि गाउपालिकाको यस्तो निर्णयले केही मात्रामा भएपनि मदिरा न्युनिकरण गर्न सकिने कार्कीको बिश्वास छ । गाउपालिका भित्रका स्थानिय बजारहरुमा पनी मदिराकै ब्यापार बढी हुने गरेको छ । मदिरा ब्यापारको लागी लिएको अनुमति पत्र (लाईसेन्स ) गाउपालिकामा बुझाउनेलाई एक लाख पुरस्कार संगै अन्य ब्यबसाय गर्नको लागी बिशेष अनुदान पनी दिने अध्यक्ष कार्कीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!