काग्रेस गाउँ अधिवेशन सम्पन्न

Posted on: 29 Jan, 2016

माघ १६, प्रज्वल पौडेल,रामेछाप ।

nepalo-kangressनेपाली काग्रेस सैपूको १३ औ गाउँ अधिवेशन आज सम्पन्न भएको छ । अधिबेशनले उत्तर कुमार सुनुवारको सभापतित्वमा १७ सदस्ययि नयाँ कार्य समिति गठन गरेको छ । कार्यसमितिको उपसभापति राजेन्द्र पौडेल, सचिवमा पदम तामाङ, सहसचिव राज कुमार राउत र कोषाध्यक्ष डिल्ली बहादुर महत रहेको सहसचिव राउतले जानकारी दिनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथी एवम् नेपाली काग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव चन्द्र बहादुर राउतले लोकतन्त्रको पद्धती अनसार सैपूका विकास निर्माण र संगठन विस्तारमा नयाँ कार्यसमिति सक्षम रहोस भन्ने शुभकामना दिनुभएको छ । काग्रेस देशकै पहिलो पार्टी रहेकाले गाउँ स्तरमा जनताको मन जित्ने कार्ययोजना ल्याएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

यसैवीच नेपाली काग्रेस रामपुर गाविसका निवर्तमान सभापति गोविन्द बहादुर सुनुवारको अध्यक्षतामा भएको गाउँ अधिबेसनमा हरिशचन्द्र श्रेष्ठको सभापतित्वमा ११ सदस्यिय नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!