अग्नि पिडितलाई सहयोग गर्ने क्रम बढ्दै

Posted on: 03 May, 2016

बैशाख २१, गुल्मी । गुल्मी वडागाउँका अग्नि पिडितलाई बिभिन्न संघ संस्थाहरुले सहयोग गर्ने क्रम जारी छ । आगोलागीबाट गाउँ नै ध्वस्त भएर खुल्ला आकाश मुनी रहेका माझगाउँ र दजाकोटका जनतालाई बिभिन्न संघ संस्थाहरुले सहयोग गरेका छन् । अग्नि पिडितहरुको लागी गुल्मी समाज अष्टे«लियाबाट रु ५ लाख संकलन भएको समाजका अध्यक्ष भिम खरेलले जानकारी दिनुभयो ।

उहाँले सहयोग रकम संकलन अभियान सञ्चालन भईरहेको बताउनु भयो । समाजबाट संकलन भएको रकम गुल्मी उद्योग वाणिज्य संघ मार्फत अग्नि पिडितहरुको आबश्यता अनुसारका सामाग्रीहरु किनेर प्रदान गरिने वाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले जानकारी दिनुभयो । गुल्मी जिल्लाबाट अष्ट्रेलियमा संगठित भएका नेपालीहरुले अग्नि पिडितको पिडामा मलम लगाउँने उदेश्यले सहयोग संकलनलाई तिब्र पारेका् छन् ।

उनिहरुले जति सक्दो छिटो अग्नि पिडितलाई सहयोग गर्न रकम संलनलाई तिब्र पारेको बताएका छन् । अग्नि पिडितलाई स्वर्गिय दुर्गा कुमारी कार्कीको स्मृतिमा ३० किलोका ८२ वोरा चामल र १६ जना बिद्यार्थीहरुको लागी १६ थान स्टेनरी सामाग्रीहरु र थोर्गा वडा नं। ६ र ७ निवासी अग्नि पिडितहरुको लागी ३० किलोका १६ वोरा चामल,अन्य दाल तेल सहयोग प्राप्त भएको जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले जानकारी दिनुभयो ।

अग्नी पिडितहरुको लागी गुल्मीका ४ जना युवाहरुले ५० हजार वरावरको खाध्यन्न समाग्री सहयोग गरेका छन् । गुल्मी वडागाउँ पेगा निवासी नारायण जिसी, तम्घास निवासी भरत थापा, देवेन्द्र भलामी र टामलाल केसीले सहयोग गरेको बताइएको छ ।

अग्नि पिडितहरुलाई स्वदेस तथा बिदेसका बिभिन्न मुलुकहरुबाट सहयोग संकलन अभियान सञ्चाल भईरहेको बताएका छन् । गुल्मी जिल्लाबाट र अन्य जिल्ला बाट बिदेसमा रहेका नेपालीहरुबाट र स्वदेमै रहेका बिभिन्न व्यक्तीहरुले सहयोग गर्ने क्रम वढ्दै गएको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!