भदौ ३, काठमाडौं । राष्ट्रिय योजना आयोगका एक कर्मचारी सिंहदरबारभित्रै मृत अवस्थामा फेला परेका छन् । आयोगका सुब्बा बच्चु केसी कार्यालयमा अृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनको मृत्युको कारणबारे नखुले पनि प्रहरी घटनास्थलमा पुगेको छ ।
केसी मृत भेटिएको ठाउँमा सेल्फोस ट्याब्लेट र केराको बोक्रा भेटिएको छ । आयोगका कर्माचार्यले ११ बजे उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
अहिले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!