भदौ ३, काठमाडौँ | सामाजिक सञ्जाल फेसबुक मार्फत नेताहरुलाई गाली गर्दै खुकुरी देखाएर काट्छु भन्ने एक युवा पक्राउ परेका छन् । भिडियोमार्फत प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अपशब्द बोल्दै काट्ने धम्की दिएका सागर मैनाली पक्राउ परेका हुन् ।
महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले उनलाई मंगलबार बाराबाट पक्राउ गरेको हो | पत्रकार शालिकराम पुडासैनी हत्याप्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई समर्थन गर्दै उनले नेतालाई अपशब्द बाेलेपछि पक्राउ गरिएको महाशाखाले जनाएको छ |
लामिछानेलाई फसाएर ठूलो गल्ति गरेको भन्दै उनले नेताहरुलाई गाली गर्दै काट्ने धम्कीसहितको भिडियो पोस्ट गरेका थिए ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!