आज सुनको मूल्य घट्यो, चाँदीको भाउ स्थिर

Posted on: 27 Aug, 2019

भदौ १०, काठमाडौं । आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ | निरन्तर उकालो लाग्दै आइरहेको सुनको मूल्यमा मंगलबार नौ सय रुपैयाँले गिरावट आएको छ । सोमबार प्रतितोला एक हजार रुपैयाँले बढेर ७३ हजार ५ सय पुगेको छापावाल सुनको मूल्य मंगलबार ७२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै सोमबार ७३ हजार २ सय पुगेको तेजावी सुनको मूल्य मंगलबार ७२ हजार ३ सयमा झरेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ८६० रुपैयाँले स्थिर छ । सोमबारका लागि तोकिएको सुनको प्रतितोला मूल्य इतिहासकै सबैभन्दा धेरै भएको व्यवसायीहरुले बताएका छन् ।

पछिल्लो दुई महिना अवधिमा सुनको भाउ प्रतातोला झण्डै १० हजार रुपैयाँ बराबरले बढी सकेको छ । बढ्दो मूल्यका कारण पुराना सुन बिक्री गर्न आउने ग्राहकको संख्या बढे पनि नयाँ गहना किन्नेहरु नभएको व्यवसायीहरूले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!