यातायात मन्त्रीको गाडीमा ट्राफिकको लक,एक हजार रुपैयाँ जरिवाना

Posted on: 28 Aug, 2019

भदौ ११, काठमाडौँ | नो पार्किङमा राखेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने गरेको गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेको छ। महासेठ चढ्ने गरेको बा २ झ ४८६२ नम्बरको झण्डावाला गाडीलाई मंगलबार अपराह्न ट्राफिक प्रहरीले नयाँ बानेश्वरमा ह्वील लक गरी कारबाही गरेको हो। 

पार्किङ निषेधित गरिएको फुटपाथमा रोकिराखेको सो गाडीलाई ट्राफिक प्रहरीले ह्वील लक गरेर चालकलाई एक हजार रुपैयाँ जरिवाना गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाकाले जनाएको छ | महाशाखाका अनुसार चालक शिवराम थापाको लाइसेन्स लिएर एक हजार रुपैयाँ जरिवाना गराएर गाडी छोडिएको छ।

प्रहरीका अनुसार गाडीमा मन्त्री भने थिएनन्। पन्तले उक्त सवारी मन्त्रीले नै चढ्ने गरेको खुलेको बताए। गृह मन्त्रालयमा दर्ता रहेको उक्त गाडी मन्त्रीले चढ्ने गरेको प्रहरीको भनाई छ | प्रहरीले भने, कसको भनी नाम नतोकौं, चालकको लापरबाही हो । लापरबाहीमा कारबाही भइसकेको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!