त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार महिना सम्म दैनिक ७ घण्टा बन्द हुने

Posted on: 31 Aug, 2019

भदौ १४, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि चार महिनासम्म दैनिक सात घण्टा बन्द हुने भएको छ । दोस्रो चरणको जिर्णोद्धार गर्नुपर्ने भएकाले भदौ १५ गतेदेखि पुस १५ गतेसम्म ७ घण्टा विमानस्थल बन्द गर्न लागिएको हो ।

त्रिभुवन विमानस्थलका अनुसार जिर्णोद्धारको दोस्रो चरणको काम गर्नुपर्ने भएकाले सेप्टेम्बर १ देखि डिसेम्बर ३१ तारिखसम्म (भदौ १५ गतेदेखि पुस १५ गतेसम्म) राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म सात घण्टा उडान-अवतरण सबै बन्द हुने जनाइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!