काठमाडौंको कपनमा स्कुल भ्यान दुर्घटना, १३ विद्यार्थी घाइते

Posted on: 01 Sep, 2019

भदौ १५, काठमाडौँ | काठमाडौंको कपनमा  विद्यार्थी बोकेको विद्यार्थी बोकेको लिटिल वन मन्टेश्वरी स्कुलको भ्यान दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्। भ्यान आइतबार बिहान सडकबाट खस्दा छ जना विद्यार्थीलाई चोटपटक लागेको छ भने अरू सामान्य छन् ।

घाइतेहरूको ओम र मेडिकेयर अस्पतालमा उपचार भइराखेकोप्रहरीले जनाएको छ | भ्यान दुर्घटनाको कारण खुलेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!