अमेरिकामा छतबाट खसेर २२ जना घाइते

Posted on: 15 Sep, 2019

भदौ २९, न्युयोर्क । (रासस/सिन्ह्वा) ।  अमेरिकामा एक बहुतले भवनको छतबाट खसेर शनिबार बेलुका कम्तीमा २२ जना घाइते भएका छन् ।

स्थानीय समय अनुसार बेलुका ६ बजे उद्धारकर्ताहरुको सम्मेलन चलिरहेका बेला घटना भएको जनाइएको छ । 

सम्मेलनमा हजारौँ उद्धारकर्ताहरु सहभागी भएका थिए । उनीहरुमध्ये कोही अहिले पनि उद्धारकर्ताका रुपमा क्रियाशिल छन् भने कोही विगतमा क्रियाशिल थिए । 

काप मे क्षेत्रीय अस्पतालका अधिकारीहरुले २१ जना घाइतेको आफ्नो अस्पतालमा उपचार भइरहेको र तीमध्ये कम्तीमा ३ जना बालबालिका रहेको पुष्टी गरेका छन् ।  

अर्का एक जनाको भने स्थानीय अर्को अस्पतालमा उपचार भइरहेको छ । 

क्षेत्रीय अस्पतालका प्रवक्ता सुसन स्टेगरले सबै बालबालिका सहित ११ जनालाई उपचारपछि अस्पतालबाट बिदा गरिसकिएको जानकारी दिनुभयो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!