एनसेलले ल्यायो‘अल नेटवर्क भ्वाइस प्याक’अफर,यसरी सुचारी गर्नुस

Posted on: 13 Nov, 2019

कात्तिक २७, काठमाण्डौ । एनसेल प्राइभेट लिमिटेडले‘अल नेटवर्क भ्वाइस प्याक’अफर सञ्चालनमा ल्याएको छ ।

यस अन्तर्गत ग्राकहले कर बाहेक प्रति मिनेट १ रुपैयाँको दरमा देशभित्रको सम्पूर्ण नेटवर्कमा कल गर्न सक्छन् । 

एनसेलका प्रिपेड ग्राहकहरुले अब देशभित्र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाइ र आफन्तजनसँग सुलभ दरमा कुरा गर्न सक्ने भएका छन् । 

यो अफर बाहेक एनसेलका ग्राहकले अन्य सेवा प्रदायकको नेटवर्कमा कल गर्दा कर बाहेक प्रतिमिनेट १ रुपैयाँ ९९ पैसा लाग्दछ । मंगलबार देखि यो अल नेट भ्वाइस प्याक सञ्चालनमा आएको छ ।

यस प्याक अन्तर्गत ग्राकहले २० मिनेटको अल नेटवर्क टक टाइम (देशका अन्य कुनै पनि टेलिकम सेवा प्रदायकको नेटवर्कमा कल गर्न मिल्ने) कर बाहेक २० रुपैयाँ (करसहित २५.५४ रुपैया) मालिन सक्छन् ।

 एनसेलका ग्राहकले यो प्याक सुचारु गर्न‘ एस्ट्रिक्स१७११८एस्ट्रिक्स७ह्यास’ डायल गर्नु पर्नेछ  । 

प्याक सुचारु गरेपछि २४ घण्टाका लागि मान्य हुनेछ । यो अफर माघ २६ गते सम्म सञ्चालनमा रहने एनसेलले जनाएको छ ।

यसरी देश भित्रको अन्य नेटवर्कमा सुलभ दरमा कल गर्न सकिने अफर ल्याइएको यो पहिलो पटक हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!