ट्रयाक्टर दुर्घटनामा ८ जना घाइते 

Posted on: 02 Apr, 2016

चैत २०, रामेछाप

रामेछापको साघुँटार गाविसस्थित बाँकीमेरीमा शनिबार भएको ट्रयाक्टर दुर्घटनामा ८ जना घाइते भएका छन् । ना ३ त २८८० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा घाइते भएकामध्ये ३ जनाको अवस्था गम्भीर छ ।

साघुँटारको वडा नम्बर ९ बाँकीमेरिबाट कमलावारीतर्फ निर्माण सामग्री लिन गइरहेको ट्रयाक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घाईतेहरुलाई उपचारका लागि काठमाण्डौ लैजाने तयारी भइरहेको साघुँटारबाट नबराज बिश्वकर्माले जानकारी दिनुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!