बझाङमा जडीबुटी संकलन गर्न गएका दुई किशोरको हिउँमा पुरिएर मृत्यु

Posted on: 17 Dec, 2019

सुनिल कुँवर | पुस १, काठमाडौँ | बझाङमा जडिबुडी संकलन गर्न गएका दुई जना किशोरको हिउँमा पुरीएर मृत्यु भएको छ | सुर्मा गाउँपालिका वडा नम्बर १ बस्ने  १८ वर्षिया कविराज बोहरा र १४ वर्षिया शहदेब बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले साझा सवाललाई जानकारी दिएको छ |

जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरु मंसिर २५ गते घरबाट खानेकुरा बोकेर सुर्मा गाउँपालिकाको ओखल भन्ने ठाँउमा जडीबुटी संकलन गर्न हिडेका थिए | लामो समय सम्म दुवै जना घर नफर्किए पछि घरपरिवारले खोजि गर्दै जादाँ मंगलबार शव फेला पारेको हो |

अहिले प्रहरी टोलि घटना स्थल पुगको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!