काठमाडौँमा तीन बालकलाई अपहरण गरेर फिरौती माग्ने दुई जना पक्राउ

Posted on: 20 Dec, 2019

पुस ४, काठमाडौं | तीन जना बालकलाई अपहरण गरेर बन्धक बनाएको आरोपमा दुइजना पक्राउ परेका छन् | गोरखा–१० घर भइ काठमाडौं बस्दै आएका विनोद थापा मगर र एक जना होटल सञ्चालक लाई प्रहरीले बुधबार पक्राउ गरेको हो |

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार  २९ मंसिरमा आमा पोखरा गएका वेला सामाखुशीबाट तीन जना बच्चा अपहरित भएका थिए | अपहरण गरेर टोखा–९, शान्ति टोलस्थित होटल ब्लू स्टारको कोठा नं. ४०४ मा लगेर बन्धक बनाइएको थियो |

उनीहरुले  बन्धक बनाएर तीन लाख रुपैयाँ फिरौती माग गर्ने र टल सञ्चालकलाई पनि लापरबाही गरेको आरोपमा पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!