बलात्कारको आरोप लागेका एसपी शौरभ राणा प्रहरी समक्ष उपस्थित

Posted on: 02 Feb, 2020

माघ १९, काठमाडौं | बलात्कारको आरोप लागेका संघीय प्रहरी इकाइ कार्यालय धरानमा कार्यरत एसएसपी शौरभ राणा आफै प्रहरीमा समक्ष उपस्थित भएका छन् | पक्राउ पूर्जी जारी भएपछि राणा आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरी पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ |

यौन दुर्व्यवहारको आरोपमा राणालाई गृह मन्त्रालयले दुई दिन अघि निलम्बन गरेको थियो। राणाले आफूलाई यौन दुव्र्यवहार गरेको भन्दै एक महिलाले उजुरी दिएकी थिइन्। एसएसपी राणाले भने त्यसमा सत्यता नभएको दावी गर्दै आएका छन् |

राणाविरुद्ध बिहीबार बेलुकी जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गर्ने तयारी थालेको थियो  |

यस बिषयमा तपाइको प्रतिक्रिया...!