रामेछापमा परीक्षार्थी लक्षित प्रवचन सम्पन्न

Posted on: 02 May, 2016

वैशाख २०, प्रज्वल पौडेल, रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा परीक्षार्थीहरुले परीक्षामा गर्ने गल्ती र सुधार गर्नसक्ने उपायका विषयमा प्रवचन कार्यक्रम गरिएको छ । सोमबार मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसमा त्रिभुवन विश्व विद्यालयका पूर्व सहायक प्राध्यापक इन्द्रलाल शर्माले स्नातक तहका विद्यार्थी र शिक्षकहरुलाई उत्तरपुस्तिकामा लेख्ने तरिका र अपनाउनुपर्ने सावधानीका विषयमा चर्चा गर्नुभएको थियो । शर्माले उत्तर पुस्तिकामा लेख्नु पर्ने र लेख्नु नहुने कुराको सामान्य ज्ञान नहुँदा परीक्षार्थीहरुको गल्ती देखिने गरेको उल्लेख गर्नुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!