भुकम्पपछिको पुर्ननिर्माणमा एमाले रामेछापको चासो

Posted on: 09 May, 2016

प्रज्वल पौडेल / बैशाख २७, रामेछाप ।

एमाले रामेछापले भुकम्पछिको पुर्ननिर्माणमा चासो देखाएको छ । एमाले जिल्ला कमिटि रामेछापका शनिवार र आइतबार बसेको बैठकले भुकम्पबाट पुर्ननिर्माणमा स्थानिय कार्यकर्तालाइ परिचालन गर्ने निर्णय गरेको हो । बैठकले पुननिर्माणको कार्यमा ढिलाइ भएको भन्दै छिटो र व्यवस्थित गर्न आग्रह गरेको छ । जिल्लाका विभिन्न सुख्खा ठाँउमा डडेलो र अागलागि भएर पिडित भएका परिवारलाई उचित राहत र क्षतिपुर्ति दिन बैठकले सरकारसँग माग गरेको छ ।

uml

यसैगरी जिल्लाका नेता रमेश बस्नेत र प्रदीप योञ्जनलाइ सचीवालय सदस्यमा मनोनित गरेको छ । बैठकले दुबै निर्वाचन क्षेत्रमा पार्टी जनसंगठनको अधिवेशन / सम्भेलन असार पहिलो साताभित्र गरिसक्न निर्देशन दिएको छ । धुर्व कार्कीको संयोजकत्वमा १९ सदस्यिय मन्थली नगरकमिटी गठन गरेको रामेछाप एमालेले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!