लकडाउन न्यून प्रभाव

Posted on: 01 May, 2020


पर्वत पर्वतमा लकडाउनको प्रभाव न्यून बन्दै गएको छ । सरकारले कोरोना भाइरस रोकथाम तथा न्यूनिकरणको लागि लकडाउनलाई्र थप प्रभाकारी बनाउने तयारी गरे पनि जिल्लामा भने त्यसको प्रभाव कम देखिन थालेको छ ।

लकडाउनको प्रभाव कम देखिन थालेपछि कुश्मा बजारमा चलहपहल क्रमिक रुपमा बढ्दै गएको छ ।  विहान बेलुकाव मनिङ इभिनिङ वाक गर्नेहरु बढ्न थालेका छन् । भने सवारी साधन पनि  चल्न थालेका छन् ।

 जिल्ला प्रशासनले अनावश्यक सवारी साधनको पास वितरण गर्नाले पनि जिल्लामा लकडाउनको प्रभाव कम देखिएको कु्श्माबासीको गुनासो छ ।

 आवश्यक नभएकालाई पनि पास वितरण हुनु र नागरिक स्वयम सचेत नभएका कारण अझै पनि समुहमा गफ गर्ने, सडकमा हिड्ने, भेला हुने गरेको पाइएको छ ।

छिमेकी जिल्ला बागलुङमा २ जना कोरोना संक्रमित भेटिएसँगै थप कडाइका साथ लकडाउनलाई्र पालना गर्ने प्रशासनको तयारी गरेता पनि कुश्मा बजारमा चहलपहल हुन थालेको छ ।  उद्योग, कलकारखाना, पसलहरु बन्द भएपनि मानिसहरुको आवतजावत बाक्लिदै जान थालेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!