उदयपुरबाट नियमित रिपोर्टिङ गर्दै आएका पत्रकारलाई कोरोना संक्रमण

Posted on: 16 May, 2020

जेठ ३, उदयपुर | गाईघाटमा बसेर कोरोना प्रभावित भुल्के क्षेत्रमा नियमित रिपोर्टिङ गर्दै आएका एक जना पत्रकारलाई कोरोना संक्रमणको पुष्टि भएको छ । गाईघाट बजार नजिकै बस्दै आएका २५ वर्षीय ति पत्रकार कोरोना पोजिटिभ पुष्टि भएको हो । 

संक्रमित पत्रकार भुल्केका होइनन् । तर उनलाई रिपोर्ट बनाउने क्रममै संक्रमित भएको हुनसक्ने अनुमान गरिएको छ । 

उनीसहित उदयपुरमा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ । १५ जना भए निको भएर डिस्चार्ज भईसकेका छन् । उदयपुरमा पहिलो पटक वैशाख ५ गते भुल्केको नूरी मस्जिदमा बस्दै आएका १२ जना जमातीमा कोरोना पोजिटिभ देखिएको थियो । 

संक्रमित पत्रकारको ३१ गते पिसिआर परीक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालयले थ्रोट स्वाबको नमुना संकलन गरेको थियो । उनमा शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानस्थित प्रयोगशालाले दिएको रिपोर्ट अनुसार कोरोना पोजिटिभ देखिएको हो । संक्रमित पत्रकारलाई शनिबार उपचारका लागि विराटनगरस्थित कोसी अस्पतालमा पठाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!