निरन्तरको भारी बर्षाले डडेल्धुरा लगायत सुदूरपश्चिमको जनजिवन प्रभावित

Posted on: 23 Jul, 2016

ललित बोहरा/साउन ८, डडेल्धुरा । लगातारको बर्षाले डडेल्धुरा लगायत सुदूरपश्चिमको जनजिवन प्रभावित बनेको छ । 

४ दिन अगाडी देखी निरन्तर भईरहेको बर्षाले पहाडी जिल्ला लगायत उता तराईका जिल्लाको जनजिवन प्रभावित भएको हो । दिनभरीको बर्षाले गर्दा ज्यालामा काम गरेर खाने मजदुरहरु समस्यामा परेका छन । बर्षाले अधिकाशं कच्ची सडक र बाटोहरु सबैतिर हिलाम्य बनेका छन । 

पहाडी क्षेत्रमा जमिन गलेर पहिरोको जोखिम पनि बढ्न थालेको ग्रामिण भेगका बासिन्दाहरुले खबर पठाएका छन । ग्रामीण सडकहरु अवरुद्ध हुँदा आवत–जावतमा समस्या भएको छ । वर्षातको समयमा नदी तथा खोलामा पानीको सतह बढ्ने भएकाले सतर्क रहन स्थानिय प्रशासनले आग्रह गरेको छ । 

भारी बर्षाका कारण हुन सक्ने बाढी, पहिरो र डुबानबाट बच्न, सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुराले आग्रह गरेको हो । यस्तै धेरै गाउँ ठाउँका बिद्यार्थीहरु बिद्यायल जनाबाट बनचित भएका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!