टावर बिग्रिएपछि सर्वसाधारण मारमा

Posted on: 26 Jul, 2016

साउन ११, भोजपुर । भोजपुरको पश्चिमी क्षेत्रको लागि भनेर भोजपुर र खोटाङको सिमानामा पर्ने चखेवा डाँडामा राखिएको एनसेलको टावर बिग्रँदा सर्वसाधारण मारमा परेका छन् । 

सो टावर बिग्रँदा जिल्लाको पश्चिमी गुप्तेश्वर, तिम्मालगायतका गाविसका सर्वसाधारण मारमा परेका हुन् । अत्यावश्यक फोन गर्नको लागि टावर टिप्ने डाँडातिर जानुपर्ने बाध्यता रहेको गुप्तेश्वरकी स्थानीय रामकुमारी श्रेष्ठले जानकारी दिए । 

टेलिफोनको समस्याको कारण सेवाग्राहीलाई मार परेपनि सम्बन्धित निकायले मर्मतमा चासो नदिएको सर्वसाधारणले गुनासो गरेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!