आँधीखोलामा एक पुरुषको शव फेला

Posted on: 26 Jul, 2016

साउन ११, वालिङ । अविरल वर्षासँगै आँधीखोलामा आएको बाढीले बगाउँदा एक पुरुषको शव फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पुतलीबजार नगरपालिका–१२ राङखोलास्थित आँधीखोलाको किनारमा दिउँसो १ बजेतिर शव फेला परेको हो । शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । फेला परेको शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!