असोज ४, काठमाडौँ | आज देशभर थप १३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ९ सय ६६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४६ हजार २ सय ३३ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ । तीमध्ये ९ हजार ७१ जना संस्थागत आइसोलेशनमा र ८ हजार ४०७ जना होम आइसोलेशनमा रहेका छन् ।
यसैबीच बितेको २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४११ पुगेको छ।
त्यसैगरी २४ घण्टामा ९ हजार ५८४ पीसीआर परीक्षण भएका छन् ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!