दाङमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

Posted on: 20 Oct, 2020

कात्तिक ४, तुलसीपुर (रासस) । दाङमा आज एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । लमही नगरपालिका –५ निवासी ४३ वर्षीय पुरुषको होम आइसोलेशनमा बसेका अवस्थामा मृत्यु भएको हो । 

 सङ्क्रमितमा कमलपित्तको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले बताउनुभयो । 

काठमाडौंँमा उपचारपछि घर फर्किएको अवस्थामा स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो ।

सङ्क्रमित पुरुष एक हप्तादेखि होम आइसोलेशनमा थिए । शव लमहीस्थित अजम्बरी सामुदायिक वनको खाली क्षेत्रमा नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको छ ।  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!