फोकस नेपालद्धारा सञ्चालीत रेडियो अमरगढी सातौ बर्षमा प्रवेश

Posted on: 09 Aug, 2016

ललित बोहरा/साउन २५, डडेल्धुरा । फोकस नेपालद्धारा सञ्चालीत सामुदायिक रेडियो अमरगढी ९७.४ मेघाहर्ज डडेल्धुरा बुधबार देखि आफ्नो प्रसारण यात्राको सातौ बर्षमा प्रवेश गर्दै छ । 

२०६७ साउन २६ गते स्थापना भई नियमित प्रसारण सुरु गरेको रेडियोले भोलिदेखि आफ्नो प्रसारण यात्राको सातौ बर्षमा प्रवेश गर्न लागेको हो । ‘शुसासन न्याय तथा समाज रुपान्तरणको अभियान’ भन्ने मूल नाराका साथ रेडियो अमरगढीको सातौ बार्षिकोत्षव कार्यक्रम भब्य रुपमा मनाउन लागिएको रेडियोका प्रबन्ध निर्देशक छत्र साँउदले बताएका छन । 

निर्माण व्यवसायी सघंको हलमा बिहान ८ बजेदेखि मनाइने भब्य बार्षिकोत्षव कार्यक्रम अन्तर्गत अन्र्तक्रिया गरिनुका साथै बिभिन्न सास्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरीने छन् । 

यसैबीच रेडियोलाई आर्थिक, सामाजिक, भौतिक तथा नैतिक तवरबाट सहयोग गर्ने श्रोताबर्ग, सरकारी तथा गैर सरकारी सघं–संस्थाहरु र  बिज्ञापनदाताहरुलाई बिशेष सम्मान गरिने समेत प्रवन्ध निर्देशक साँउदले बताएका छन ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!