सूचना माग्ने र दिनेमा विश्वास हुन जरुरी: प्रअ

Posted on: 20 Aug, 2016

भदौ ४, मकवानपुर । सूचना माग्ने र दिनेमा विश्वास हुन जरुरी रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी डाक्टर मानवहादुर विकेले बताएका छन् । सूचना माग्ने र दिनेप्रति शंका  भएन भने सूचनाको हकको नीति कार्यन्वयन गर्न सहज हुने बताउनु भयो ।  

सूचना माग्नेले पनि कुन प्रायोजनको लागि मागेको भन्ने कुरा स्पष्ट हुनुपर्ने बताउनु भयो । राष्ट्रिय सूचना दिवसको अवसरमा हेटौँडामा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नीतिमा समस्या हुँदा समस्या आएको बताउनु भयो । 

कार्यक्रममा बोल्दै पत्रकार महासंघ मकवानपुका उपाध्यक्ष गिरिजा अधिकारीले सूचना हक कार्यन्वयन नगर्ने सरकारी निकायको मनसाय हो भने सरकारले लगाएको ऐन किन मान्ने भन्ने प्रश्न उठने अवस्था आउन सक्ने बताउनु भयो । 

कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघका अध्यक्ष बद्री लम्सालले नेपालको कानुन उत्कृष्ट रहेको भएपनि कार्यन्वयनको पक्ष कमजोर हुँदा समस्या भएको बताउनु भयो । । सूचनाको हक सम्वन्धि कानुन निकै उत्कृष्ट भएको भएपनि कार्यन्वयन पक्ष सचेत तथा जिम्मेवार हुन नसक्दा समस्या रहेको बताउनु भयो ।

कार्यक्रममा डिभिजन सहकारी कार्यालयको गतिविधिहरु सामेल गरिएको स्मारिका विमोचन गरिएको थियो । कार्यक्रममा महिला तथा वालवालिका कार्यालय मकवानपुरकी प्रमुख शोभा शाहा, नागरिक अभियानका संयोजक कुमार अधिकारी, हेटौँडा उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत शंकरप्रसाद उपाध्याय लगाएतले मन्तब्य व्यक्त गरेका थिए । 

कार्यक्रम संचार केन्द्र हेटौँडाका प्रमुख दिलिप श्रेष्ठको अध्यक्षतामा भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!