जंगली च्याउ खाँदा एकै परिवारका तीन जना विरामी

Posted on: 28 Aug, 2016

भदौ १२, विराटनगर | मोरङको कोशी हरैचामा जंगली च्याउ खाँदा एकै परिवारका तीन जना विरामी परेका छन् । 

जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर शनिवार साँझ खाँदा कोशी(हरैचा नगरपालिका ११ बस्ने ४० वर्षिय दशन खाँ, उहाँकी पत्नी उषादेवी खाँ र छोरी अन्जली खाँ विरामी परेका हुन। तीनै जनाको कोशी अंचल अस्पताल विराटनगरमा उपचार भइहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!