डडेल्धुरा प्रहरीद्धारा घरेलु मदिरा बरामद गरी नष्ट

Posted on: 01 Sep, 2016


ललित बोहरा/भदौ १६, डडेल्धुरा  । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले डडेल्धुराको तुफानडाडाँ र असिग्राम ७ भाँतकाडाबाट २३ लिटर घरेलु मदिरा र १ सय ५० लिटर घरेलु मदिरा बनाउने कर्चा पदार्थ बरामद गरी आज नष्ट गरेको छ । 

प्रहरीको बिशेष अनुसन्धानले अबैध १५ लिटर घरेलु मदिरा तुफानडाडाँमा रहेको हासु देबी थापाले सञ्चालन गरेको दिपेन्द्र होटेलबाट र  असिग्राम ७ भातकाडा निवासी लक्ष्मी मकरको घरबाट ५ लिटर ,माया मकरको घरबाट ३ लिटर बरामद गरी नष्ट गरेकोजिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक प्रेमबहादुर शाहीले बताएको छन् ।

प्रहरी नायब उपरिक्षक साही डडेल्धुरा आएको एक हप्ता नबित्दै घरेलु मदिरा बरामद गर्ने अभियानमा लागेको छन् । घरेलु मदिराले नै शान्ति रक्षामा खलल पुग्र्ने, समाजमा बिकृती, महिला हिसाँका घटाना बढेको देखीए पछि यो अभियान थालेको प्रहरी नायव उपरिक्षक शाहीले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!