अविरल वर्षाले कास्कीको पुरन्चौर गाविसका केहि घरमा क्षति, सडक अबरुद्ध

Posted on: 08 Sep, 2016

भदौ २३, पोखरा । लगातार परेको अविरल वर्षाले कास्कीको पुरन्चौर गाविसका केहि घरमा क्षति पुर्याएको छ । पुरन्चौरको चितेपानीमा रहेको रामजानकी मन्दीर पनि जोखिममा परेको छ । वर्षा पछि आएको पहिरोले स्थानिय लिलाधर पौडेल, डिल बहादुर श्रेष्ठ, रामचन्द्र पौडेलको घर जोखिममा परेको हो ।

यस्तै चुरुङ्गा ५ मा विष्णु भुजेल, दिलबहादुर, दिवाकर बास्तोलाको घर जोखीममा परेको स्थानिय बिकास गौतमले  जानकारी दिए । पहिरोले एक  राइसमिलमा पनि क्षति पुगेको छ । वर्षका कारण लामाचौरको भुनपरेमा रहेका एल एञ्जल बोर्डीङ स्कुल पनि जोखिममा रहेको छ । माथिबाट आएको पहरोले  स्कुलको केहि भाग पुरिएको छ ।

यस्तै सार्दीखोला खारापानी जाने सडक पनि अवरुद्ध भएको जनाइएको छ । जोखिममा परेका घरका परिवारहरु छिमेकीको घरमा बसीरहेका छन् । सडक अबरुद्ध भएपछि यात्रुहरु समस्यामा परेको स्थानिय चिरन्जिबि आचार्यले जानकारी दिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!