फिर्के खोलाले बगाएका ब्यक्ति शनिबार विहान मृत भेटिए

Posted on: 10 Sep, 2016

भदौ २५, पोखरा | अबिरल बर्षा सगै आएको बाढिले  बुधवार राती फिर्के खोलाले बगाएका ब्यक्ति शनिबार विहान मृत भेटिएका छन् । 

कास्कीको कालिकाका २१ बर्षीय सुरविर जिसीको शब पोखरा १७ महतगौडा स्थित फेवा नहरमा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्की  ले जनाएको छ । राती ११ बजे पोखराको मालपोत कार्यालय नजिकैबाट खोला पार गर्ने क्रममा ग १ प ७९२ नम्बरको मोटरसाईकल सहित बगेका उनी तीन दिन पछि भेटिएका हुन् । मोटरसाईकल विहिवार विहान झण्डै साढे दुई सय मिटर तल भेटिएपनि उनी बेपत्ता थिए ।

उनको शब पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!