रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको पहिलो वार्षिक उत्सव सम्पन्न

Posted on: 16 Feb, 2016

फागुन ४, रौतहट । रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको आज पहिलो वार्षिक उत्सव विभिन्न कार्यक्रम गरेर मनायको छ ।

यस रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको प्रथम वार्षिक उत्सव कार्यक्रम रौतहट शाखाको अध्यक्ष अभिमनु कुमार पटेलको अध्यक्षतामा तथा प्रमुख अतिथि नियमित प्रमुख जिल्ला अधिकारी रामराज सुबेदीको उपस्थितिमा भएको छ । rautahat पहिलो वार्षिक उत्सव कार्यक्रममा नियमित प्रमुख जिल्ला अधिकारी सुबेदी आफनो मन्तव्य दिदै नेपालमा सब भन्दा बढी लोकप्रिय संचार जगतमा छुटै नाम र पहिचान बनाएको रिपोर्टर्स क्लब नेपाल नै हो । राजनितीक दल र जनता सँग आमने सामने बसाएर सिधा कुरा गराउने एक मात्र संचार यी हुन । थोरै दिनमा धेरै नाम र काम गरेर चर्चामा रहेका रौतहट शाखाका अध्यक्ष अभिमनु पटेल लाई धेरै धेरै बधाई तथा शुभकामना दिनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालको सबै शाखा भन्दा बढी कार्यक्रम गरेको शाखा मध्य रौतहट शाखा नै पहिलो स्थानमा रहेको रामराज सुबेदीले बताउनुभो ।

त्यस्तै कार्यक्रममा प्रमुख प्रहरी नायब उपरिक्षक डा. गणेश रेग्मी बोल्दै रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाले अहिले सबै जनजनको मुख्मा नै रौतहट शाखाको नाम नै रहेको हो । मधेश आन्दोलनमा सब भन्दा बढी रिपोर्टर्स क्लब रौतहट शाखाले कार्यक्रम यरेका छन । यो शाखाले सधै यस्तै आफनो इमन्दारी पूर्वक जनता सँग काम गर्दै रहोस यही शुभकामना छ डा. रेग्मीले बताउनु भयो ।

वार्षिक उत्सव कार्यक्रमा राजनैतिक दलका अतिथि पूर्व सभासद बबन सिंहले बोल्दै रौतहट जिल्लामा सब भन्दा बढी मधेश आन्दोलन लाई उचाई सम्म पुर्याउनका लागि सधै गाँउ, टोल , शहर ,बजारमा गएर कार्यक्रम संचालन गरी जनताहरुमा चेतना रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाले नै लयाएको छ । रौतहटमा राम्रो सँग रिपोर्टर्स क्लब नेपाल अहिले विभिन्न किसिमका कार्यक्रम गरीदै आईरहेको छ । आउने दिनमा पनि रौतहट शाखाले यो भन्दा अझै राम्रो काम गरोस । संचारको काम चाहि दबेको कुरा , पिढी व्यक्तिको अवाज , सत्य तथ्य कुरा लाई मात्र जनताहरु र सम्बन्धीत निकाय सम्म पुर्याउने काम हो त्यो चाहि रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाले गर्दै रहेको छ । रौतहट जिल्लामा आज पहिलो चोटी रिपोर्टर्स क्लब रौतहट शाखाको वार्षिक उत्सव अभिमनु पटेलको कार्यकालमा मनाएकोले सम्पूर्ण क्लब परिवार लाई बधाई दिइको पूर्व सभासद सिंहले बताय । rautahat 1 रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको आज २०७२ फाल्गुन ४ गतेका दिन प्हिलो वार्षिक उत्सव कार्यक्रमा बधाई तथा शुभकामना दिदै रौतहट जिल्लाका राजनैतिक दलहरु रा.म.स.पा.अध्यक्ष रामप्रवेश दास, त.म.लो.पा. अध्यक्ष बाबुलाल साह , सदभावना पा.केन्द्रिय सदस्य योगेन्द्र यादव , ने.त.म.लो.पा. अध्यक्ष नुरुल्ल होदा , ने.स.पा. रन्धिर सिंह, शैलेन्द्र सिंह , ने.क.एमाले अध्यक्ष कमल यादव , स.स.वि.फोरम अध्यक्ष प्रकाश भाई लगायत संचारकर्मीहरुको साथै विभिन्न संघ संस्था प्रतिनिधीहरुले दिएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!