मलेसियामाथि नेपालको अर्को सानदार जित

Posted on: 24 Jul, 2017


साउन ९, काठमाडौं । आइसीसी यू-१९ विश्वकपको एसियाली छनौट अन्तर्गत नेपालले मलेसियामाथि सानदार बिजयी गरेको छ ।

सिंगापुरमा भैरहेको खेलमा मलेसियाले दिएको ९० रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा पुरा गरेको छ । नेपालका लागि राहित कुमार पौडेलले सर्बाधिक अविजित ३४ रन बनाए । 

ओपनर सन्दिप सुनार १५ र अनिल शाह १२ रनमा आउट भए भने तेस्रो नम्बरमा आएका प्रनित थापामगरले पनि ८ रनमात्र जोड्न सफल भए । 

त्यसपछि आएका अदिल शान र प्रकाश केसीले खाता नै खोल्न सकेनन् । 

यस्तै दिपेन्द्र सिंह ऐरीले १९ र राहित कुमार पौडेलले ३४ रन बनाए । खेलका म्यान अफ द म्याचसमेत बनेका नेपाली कप्तान सन्दीप लामिछाने एक्लैले ७ विकेट लिए । १० ओभर बलिङ गरेका उनले १ मेडन राख्दै १३ रन खर्चिएका थिए । अब नेपालले छैटौं तथा अन्तिम खेल अफगानिस्तानसँग खेल्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!