आज विश्वकप दावेदारहरुको भिडन्त: अपराजित भारतलाई इंग्ल्याण्डले रोक्न सक्ला ?

Posted on: 30 Jun, 2019

असर १५, काठमाडौँ (एजेन्सी) | आईसीसी एकदिवसीय विश्वकप क्रिकेट खेल अन्तर्गत आज सेमिफाइनलमा आफ्नो स्थान पक्का बनाउने दाउमा इंग्ल्याण्ड खेल्दैछ भने भारत जारी विश्वकपमा आफ्नो अपराजित यात्रालाई कायम राख्न चाहिरहेको छ ।

खेल अघिसम्मको अन्क्तालिका अनुसार भारत ११ प्वाइन्ट सहित दोश्रो नम्बरमा छ । भारतले ६ खेलबाट ११ अंक प्राप्त गरेको छ भने इंग्ल्याण्डले ७ खेल खेलेर ४ पटक जित्दै पाँचौं स्थानमा रहेको छ । ३ खेलमा पराजित इंग्ल्याण्डको रनरेटको स्थिति भारतकै तुलनामा बलियो स्थितिमा रहेपनि प्वाइन्ट टेवलमा उसको स्थित कमजोर छ । इंग्ल्याण्ड भन्दा माथि रहेका पाकिस्तान र न्युजिल्याण्ड क्रमश ९ र ११ अंक पाएर सेमिफाइनलको दावेदारीमा छन् । जारी विश्वकपमा ६ खेलमात्र खेलेको भारतलाई आजको खेल हारेपनि अन्तिम ४ मा पुग्ने अरु थप दुई खेल बाँकी नै छन् । तर अपराजित यात्रालाई कायम राख्ने दाउमा भारत छ । 


त्यसो त उपाधिको दावेदार टोली आयोजक इङ्ल्यान्ड पनि हो । आजको खेल उसको लागि गर वा मरको स्थितिमा छ । एजबास्टन मैदानमा ३:१५ बजेदेखि सुरु हुने खेल निकै प्रतिस्पर्धात्मक बन्ने अनुमान गरिएको छ । दुई पटकको विश्वकप च्याम्पियन भारतलाई पत्राजित गर्नु इंग्ल्याण्डको लागि त्यति सहज नभएपनि उसले जारी विश्वकपमा आफूलाई अन्तिम ४ मा पुर्याउनकै लागि पनि आजको खेल जित्नुपर्ने हुन्छ । 


भारतले ६ खेल खेलेकोमा एक खेल भने वर्षाका कारण अवरुद्ध भएको थियो । जसको कारण उसले अंक बाड्नु परेको थियो । भारतको सबै पक्ष सन्तुलित अवस्थामा छ । उसका ब्याट्सम्यान र बलरहरुको सन्तुलनका कारण जुनसुकै अवस्थामा पनि विपक्षलाई रोक्न सक्ने क्षेमता राख्दछ । 

घरेलु मैदानमा हुने खेलमा घरेलु टोलीले अर्कै साहशमा खेल्ने हुँदा आज भारतको लागि जित निकाल्न त्यति सहज देखिन्न । विश्वकपमा यसअघि यी दुई टोली सात पटक भिडेका छन् । दुवै टोलीले तीन तीन खेल जितेका छन् । एक खेल अनिर्णित बनेको थियो । यस अघिका खेलले पनि आजको खेलको आंकलनलाई असहज बनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!