धुम्रपान नगर्ने कर्मचारीलाई ६ दिन विदा !

Posted on: 05 Nov, 2017

एजेन्सी | चुरोट पिउनु आफैमा स्वास्थ्यको लागि हानिकारक छ । त्यसमा पनि अब जापानको एउटा कम्पनीले भने धुम्रपान नगर्नेलाई एउटा छुट्टै अफर पनि दिने भएको छ  । 

धुम्रपान गर्ने कर्मचारीहरुको कारण कम्पनीको कामलाई समेत प्रभावित गर्छ भन्ने उदाहरण स्वरूप उक्त कम्पनीले गज्जबको योजना ल्याएको हो । 

जापानको एक मार्केटिङ कम्पनी पियाला यिंकमा धुम्रपान गर्ने कर्मचारीलाई कार्यालय समयमा चुरोट पिउन दिइने छुट्टीका कारण धुम्रपान नगर्ने कर्मचारीहरु निकै हैरान भएछन् । सोही कुरालाई विचार गर्दै तथा कर्मचारीलाई धुम्रपानको लत छाड्न प्रेरित गर्नका लागि त्यो कम्पनीले अनौठो नियम लागू गरेको हो । जस अनुसार अबदेखि धुम्रपान नगर्ने कर्मचारीहरुले वर्षमा ६ दिन अतिरिक्त तलबी विदा पाउनेछन् ।

उक्त कम्पनीको कार्यालय एक भवनको २९ औँ तलामा छ । त्यसैले कार्यालय समयमा कर्मचारीहरुलाई चुरोट पिउन दिइएको ब्रेकमा कुनै कर्मचारी चुरोट पिउन भुइँतलाको धुम्रपान कक्षमा झरेर, चुरोट पिइवरी आफ्नो कार्यकक्षमा फर्किनका लागि कम्तिमा पनि १५ मिनेट लाग्दो रहेछ । यस्तोमा कुनै कर्मचारीले दिनमा चुरोट ब्रेक ४ पटक सम्म लियो भने त दिनको एक घण्टा काम नै गर्नुपरेन । यस हिसाबले वर्षमा १५ दिन हुन्छ । चुरोट पिउनेले वर्षमा १५ दिन काम नगरीकन बिताएको कुरालाई ध्यान दिँदै कम्पनीले चुरोट नपिउने कर्मचारीलाई पुरस्कार स्वरुप ६ दिने तलबी विदा दिने निर्णय गरेको बताइएको छ ।

कम्पनीका सिइओका अनुसार यो नियम लागू भएपछि ४ जना कर्मचारीले चुरोट पिउन छाडिसकेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!