यी ५ स्त्रीहरुलाई विवाहित भएपछी पनि कुमारी नै मानिन्छ.., यस्तो छ कारण

Posted on: 18 Dec, 2017

अहिल्या, द्रौपदी, कुन्ती, तारा र मन्दोदरी, यी ५ स्त्रीहरु पनि भगवान स्वरूप मान्ने गरिन्छ । यिनीहरुलाई धर्मग्रन्थले अक्षतकुमारी मानेको छ । साथै यिनिहरुलाई बिबाहित नै भएपनि कन्या शब्दको प्रयोग गरिएको छ । यी पाँचै विवाहित त हुन्तो तर बिबाहित भएपनि यिनीहरुलाई कुमारी नै मानिन्छ । आखिर किन यिनिहरुलाई बिबाहित भएर पनि कुमारी नै मानियो त्यसबारे केहि स्पष्ट तल बन्न सकिन्छ:- 

अहिल्या:

पद्मपुराणको अनुसार ऋषि गौतमकी पत्नी अहिल्या निकै शुन्दर थिईन् । एक दिन देवराज इन्द्र उनि  भएको ठाउँमा घुमीरहेका थिए तब इन्द्रको आँखा देवी अहिल्यामा पर्यो र उनि मोहित बने । यसैबीच एक दिन जब गौतम ऋषि बिहानै स्नान (नुहाउन) र पुजा गर्नको लागि घबाट निक्लिए तब तिनै ऋषिको रुप बनाएर इन्द्र अहिल्या कहाँ पुगे । गौतम ऋषिलाई देखेर अहिल्याले सोधिन्- 'तपाइँ यति चाडै कसरि नुहाएर र पुजा गरेर फर्कनुभयो ? तब इन्द्रले अहिल्यासँग प्रेमको भाव व्यक्त गरे तब मौकाको फाइदा उठाएर अहिल्यासँग सम्बन्ध राखे । तबसम्ममा ऋषि गौतम पनि घर आइपुगे र जब ऋषि गौतमले आफ्नो श्रीमती अरुको अँगालोमा देखे तब क्रोधित भएर अहिल्यालाई ढुंगा (पत्थर) होओस्  होने भन्ने श्राप दिए । त्यस्तै उनले इन्द्रलाई पनि श्राप दिए । जब गौतमको क्रोध शान्त भयो तब उनले आफ्नो पत्नीको दोष नभएको थाहा पाए । तब उनले अहिल्यालाई रामको पैतलाको स्पर्शपछी मुक्ति मिल्ने आशीर्वाद दिए । अहिल्या आफ्नो पतिप्रति निकै निष्ठावान थिइन् त्यसै कारण उनले आफ्नो श्रीमानले दिएको श्राप स्वीकार गरिन् । जसको कारण अहिल्या कन्याको रुपमा गनिन्छिन् । 

तारा:

तारा सुग्रीवको दाई बालिको पत्नी थिइन् । तारा समुन्द्र मन्थनबाट निक्लिएकी थिइन् । भगवान विष्णुले ताराको विवाह बालिसँग गराएका थिए । एकदिन जब बालि असुरसँग युद्ध गर्न गए र फर्किएर आएनन् तब सबैले उनलाई मरेको ठाने । त्यसपछि सुग्रीवले तारालाई आफ्नो पत्नी बनाएर सँगै राखे अनि राज्य सम्हालेर बसे ।


जब बालि फर्किएर आए तब उनले सुग्रीवसँग युद्ध गरे र आफ्नो पुर्वपत्नी तारालाई आफ्नै साथ राखेर सुग्रीवलाई राज्यबाट निकालीदिए । जब श्रीरामको शरण पाएपछी सुग्रीवले फेरी बालिसँग युद्ध आव्हान गरे । तब ताराले बुझिन् कि सुग्रीवलाई अरु कसैको साथ छ । यसै बिषयमा बालीलाई ताराले युद्द नलड्न भन्दै सम्झाईन् । तर बालिलाई लाग्यो कि तारा सुग्रीवको साथ दिईरहेकी छन्, यसैले बालीले तारालाई त्यागिदिएर सुग्रीवसँग युद्ध लडे । श्रीरामले बालीलाई मारिदिए । मरेको बेला बालिले सुग्रीवलाई हरेक कुरामा तारासँग छलफल गर्नु र उन्को रायलाई महत्व दिन भने । ताराले हरेक परिस्थितिमा आफ्नो पतिको लागि राम्रो चाहिन् । उनले कहिलै पनि सुग्रीवसँग मिलेर बालिको बिरुद्ध काम गरिनन्, तर पनि जब बालीले उनलाई त्यागीदिए तब पनि ताराले उनीसँगको त्याग स्वीकार गरिन् । यही कारण तारालाई पवित्र कन्याहरु समान मानेर कुमारी नै मानिन्छ ।

मन्दोदरी:

मन्दोदरी कन्याको रुपमा तेश्री स्त्री हुन् । मन्दोदरीको शुन्दर्ता देखेर रावणले उनीसँग विवाह गरे । तर मन्दोदरी निकै बुद्धिमानी थिइन् । उनले हरेक क्षण रावणलाई के सहि र के गलत भन्ने बारे सम्झाउने गर्थिन्, तर उनले कहिलै पनि मन्दोदरीको कुरा टरेनन् । रावणको मृत्युपछी श्रीरामको आज्ञाले विभीषणले मन्दोदरीलाई आश्रय दिए । मन्दोदरीको यसै गुणको कारण उनलाई पनि कुमारी मानिएको हो ।


कुन्ती:

रामायण काल पछी चौथो नाम कुन्तीको नाम आउंछ । हस्तिनापुरको राजा पान्डुकी पत्नी र तीन पाण्डबहरुको आमा कुन्तीलाई ऋषि दुर्वासाले एउटा यस्तो मन्त्र दिएका थिए । जसको उपयोगबाट उनले जुन पनि देवताको ध्यान गर्छिन्, उनै देवताले उनलाई पुत्ररत्न प्रदान गर्नेछन् ।


त्यतिखेर कुन्तीको उमेर निकै कम थियो । कुन्तीले पाएको बरदान स्वरूप उनले सूर्यको ध्यान गर्दा सूर्य प्रकट भए र उनलाई पुत्र प्रदान गरे । बरदान स्वरूप कर्णको जन्म भयो । स्वयंवरमा कुन्ती र पाण्डबको विवाह भयो । पाण्डबलाई एउटा श्राप थियो, कि उनले स्त्रीलाई स्पर्श गरेभने मृत्यु हुनेछ । स्त्री छुन नहुने भएपछि पाण्डब र कुन्तिबाट कुनै सन्तान भएनन्  । पाण्डवको मृत्यु भएपछी कुरु वंश सकिने भयो भन्ने डरले कुन्तीले धर्मदेवसँग युधिष्ठिर, वायुदेवसँग भीम र इन्द्रदेवसँग अर्जुन मागिन्, यही कारण कुन्तीलाई पनि कुमारी नै मान्ने गरिन्छ ।

द्रौपदी:

द्रौपदी महाभारतकी नायिका हुन् । पाँच पतिहरुको पत्नी बनेकी द्रौपदीको व्यक्तित्व निकै बलियो थियो । स्वयंवरको बेला अर्जुनलाई आफ्नो श्रीमान स्वीकार गर्ने द्रौपदीलाई कुन्तीको आग्रहमा पाँचै पाण्डवको पत्नी बनेर बनु परेको थियो। जीवनभर द्रौपदीले पाँच पाण्डवलाई निया जीवनभारी श्रीमान मानेर उनीहरुको हरेक परिस्थितिमा साथ दिइन् । यदी उनले पाँच पाण्डबको कुरा नमानेर एकभाई सँग मात्र बसेको भए पाँच पाण्डवमै अकापसमा युद्ध हुनसक्ने तथा मिलनको अवस्था थिएन । महाभारत युद्दमा समेत पाण्डवहरुको हार हुने थियो, हर-परिस्थितिलाई सम्हालेर ५ भाईकै पत्नीको भूमिका निभाएकि हुनाले उनलाई पनि धर्मग्रन्थले कुमारी मानेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!