विमानका पाइलट ककपिटमै निदाएपछि...

Posted on: 07 Dec, 2018

अष्ट्रेलियामा एक विमान दुर्घटनाबाट बचेको छ । पिए–३१ विमानका पाइलट ककपिटमै निदाएपछि विमान दुर्घटना हुने अवस्थामा पुगेको थियो।

तर दुर्घटना हुनुभन्दा अघिनै पाइलट ब्युझिएपछि विमान दुर्घटनाबाट बचेको हो।


पाइलट निदाएपछि विमान पुग्नुपर्ने स्थानभन्दा ५० किलोमिटर टाढा पुगेको अष्ट्रेलियाका विमान सुरक्षा अधिकारीहरुले जनाएका छन्।

एक पाइलटमात्र रहेको त्यस विमान डेभोनपोर्टदेखि किंग आइल्याण्डका लागि उडेको थियो।

अष्ट्रेलियन ट्रान्सपोर्ट सेफ्टी व्यूरोले यस घटनालाई ‘असक्षमता’को संज्ञा दिएको छ। पाइलटमाथि अनुसन्धान सुरु गरिएको बताइएको छ। एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!