महिलाहरुको दिमाग पुरुषभन्दा किन चल्छ तेज ? रिसर्चले गर्यो यस्तो खुलाशा

Posted on: 07 Feb, 2019

एजेन्सी | महिलाहरुको मस्तिष्क उनको पुरुषको तुलनामा तीन बर्ष अगाडी हुन्छ | यसको मतलव पुरुषले १६ बर्षको उमेरमा सोच्ने कुरा महिलाले १३ बर्षमै सोच्न सक्छन् | यसै कारणले महिलाहरुको दिमाग लामो समय सम्म तेज चल्छ | वैज्ञानिकहरुले एक अनुसन्धानमा यस कुराको दावी समेत गरेका छन् | उक्त रिसर्चका एक सदस्य बैज्ञानिक मनु गोयलले पुरुष भन्दा महिलाको दिमाग तेज चल्नुको कारण बारे फेरी अनुसन्धान भईरहेको छ | उनले भनेका छन् 'किन यस्तो हुन्छ अनुसन्धानको बिषय बनेको छ |' 

उनले भने कि मस्तिष्कको चलायमान सम्बन्धि क्रियाकालापले महिलाहरु र पुरुषहरुको दिमागी शक्ति निर्भर हुन्छ | माथिको अध्ययन ‘‘प्रोसीडिग्स अफ नेशनल एकेडमी अफ साइन्सेज'' जर्नलमा प्रकाशित भएको छ | दिमाग त्यस्तो कुरा हो जसको दिमाग धेरै चलायमान रहन्छ उसैले धेरै कुरा लिन सक्छ | व्यावहारिक रुपमै महिलाहरु पुरुष भन्दा बढी कुरा सोच्छन् | महिलाहरु पुरुषको तुलनामा बढी बोल्छन भन्ने चर्चा पनि पुरानै कुरा हो | महिलाहरुको पेटमा कुरा अट्दैन भन्नु पनि यसैको संकेत हो, उनीहरु आफ्नो मनमा भएको कुरालाई छटपटीको कारण को-सँग पोखौं भन्नेमा केन्द्रित हुन्छन् | पुरुषको तुलनामा महिलाहरु धेरै जिज्ञाशु हुने कुरा पनि बैज्ञानिकहरुले दिमागी कुराकै प्रभाव मान्छन् | 

अनुसंधानकर्ताहरुले २०५ मानिसमा गरेको अध्ययनमा के पत्ता लगाए भने उनीहरुको मस्तिष्क ग्रन्थी कुन तरिकाले प्रयोग हुन्छन् | यस अध्ययनमा २० देखि ८४ वर्षका १२१ महिलाहरु र ८४ जना पुरुष सहभागी भएका थिए | उनिहौर्को मस्तिष्कमा ग्लूकोज र अक्सीजनको प्रवाहलाइ मापन गर्न पीईटी स्क्यान गरियो |

त्यसपछि उनीहरुले उमेर र मस्तिष्कको क्रियाहरु बीचको सम्बन्ध पत्ता लगाउनको लागि एक मेशीनमा पुरुषको उमेर र मस्तिष्क क्रियाको डाटा निकाले | अनुसंधानकर्ताहरुले महिलाहरुको मस्तिष्कको रसायनिक प्रतिक्रियाको डाटालाई मेशीनमा हाले र आंकडामार्फत महिलाहरुको दिमागको उमेरको गणना गरे | यसले महिलाहरुको वास्तविक उमेर भन्दा उनीहरुको दिमागको आयु ३.८ बर्ष तेज हुने कुरा निकाले | 

यसै तरिकाले पुरुषको दिमागको आयु निकालियो, तर पुरुषहरुको दिमाग आफ्नो वास्तविक उमेरभन्दा २.४ बर्ष बढी मात्र निस्कियो | 

त्यसो त यो अनुसन्धान अघि पनि धेरै यस्ता बिषयमा बहश नचलेका होइन | सामाजिक, मनोबैज्ञानिक, आर्थिक र व्यवहारिक पक्ष अनुसार पनि महिला र पुरुषको सोच्ने बिषयहरु भिन्न-भिन्न हुने गर्छन् | तुलनात्मक कुरा गर्ने हो भने एक समाज र अर्को समाजकै मानिसहरुमा दिमागी भिन्नता देखिन्छ | पुरुषहरुले यौनको बिषयमा बढी कुरा दिमागमा राख्छन भने महिलाहरु खाने कुरा र  आफ्नो देखावटि बिषयमा बढी ध्यान दिन्छन् | यो बिषय व्यावहारिक प्रभाव हुन सक्छ | किनभने तुलनात्मक रुपमा सुन्दर बन्ने होड जति धेरै नेपाली महिलाहरुमा हुन्छ त्यति अमेरिकी महिलामा नहुन सक्छ | त्यसो त अमेरिकी महिलाहरु जति प्रोफेसनल हुन्छन त्यति नै नेपालका महिला सामान्य जनजीवनमा रहेका छन् | त्यसैले पनि दिमाग कस्तो कस्तो तेज भन्ने कुरा अनुसन्धान गर्न निकै जटिल बिषय हुन्छ | त्यसैले पनि बैज्ञानिकहरुले नमुनाको रुपमा धेरैलाई छानेर यस्ता बिषयको अनुसन्धान गर्छन् | यसमा पनि उमेर समुह, सामाजिक परिवेश र बिभिन्न बिषयले प्रभाव पार्छ | 


यस बिषयमा तपाइको प्रतिक्रिया...!