२ सय २१ जनासँग प्रेम असफल भएपछि कुकुरसँग बिहे गर्ने नायिका यी हुन्

Posted on: 11 Dec, 2019

एजेन्सी | मानिसको सम्बन्ध सधै एकनासको नहुन पनि सक्छ | प्रेमले मानिसमा नम्रता र दया सिकाउछ, साच्च्चिकै भन्ने हो भने प्रेम बिना संसार अधुरो छ | मानिस जन्मे देखिनै प्रेममा बाधिएको हुन्छ | चाहे त्यो प्रेम आमा बुवा, परिवार संग होस् वा चाहे समाज, राष्ट र आफ्नो जन्म भुमि प्रति होस सम्बन्ध रहेकै हुन्छ | 


त्यसै आफ्ना धेरै प्रेमी सँग असफल भएपछि  बेलायतकी एक जना पूर्वमोडलले कुकुरसँग बिहे गरेकी छन् | मान्छे जब प्रेममा असफल हुन्छ तब उसले जे पनि गर्न तयार हुन्छ | ति बेलायतकी नायिकाले २२१ जना केटासँगको प्रेम असफल भए पछि कुकुर सँग बिहे गरेकी हुन् |

४९ बर्षीय ति मोडलले इलिजावेथ होडले टेलिभिजन कार्यक्रमको प्रत्यक्ष प्रसारणमा आफूले पालेको कुकुरसँग विवाह गरेको बताइन | उनी सन् १९९० को दशककी चर्चित ३ मोडल मध्ये एक हुन् | उनका  २५ वर्षीय छोरासमेत रहेका छन् |

लामो समय सम्बन्धको बिच्छेद र असफल प्रेम पछि आफुले सम्बन्धमा स्थिरपन ल्याउन खोजेको उनको भनाइ छ | उनी भन्छिन, कुकुर मानिस जस्ता जाली र झेली हुँदैनन् | केटो किन चाहियो ? उनको प्रश्न यहि छ | उक्त घटनाले सबैलाई आश्चर्य पारेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!