विमानमा चरा ठोकिएपछि यसरी भागे दुई पाइलट (भिडियो सहित)

Posted on: 31 Jan, 2020

माघ १७, एजेन्सी | भारतको गोवामा एक विमानमा चराहरू आएर ठोकिएर आगो लागेपछि दुई पाइलटहरू विमानबाट भागेका छन् | भारतीय वायुसेनाको विमानमा भएको उक्त नाटकीय घटनालाई एकजना दर्शकले क्यामरामा कैद गरेका थिए |

उक्त भिडियो फूटेजमा विमान घमाइलो दिनमा तीव्र गतिमा उडिरहेको देखिन्छ | एउटा विन्दुमा पुगेपछि विमानपछाडिबाट धूवाँ आउन थाल्छ | विमानचालकहरू तत्कालै प्यारासुट लिएर ओर्लन्छन् र सुरक्षित हुन्छन् | विमान उडेको केही समयपछि नै आगो लागेको थियो |

वायुसेनाका प्रवक्ताले चराहरूको झुण्डका कारण दुर्घटना भएको बताएका थिए |

हेर्नुहोस भिडियो 


यस बिषयमा तपाइको प्रतिक्रिया...!